रसुवाका प्रमुख जिल्ला अधिकारी सम्मानित

विदुर खबर २०७८ भदौ १५ गते ६:५४

रसुवा । जिल्लाका प्रमुख जिल्ला अधिकारी  ईश्वरीप्रसाद ढकाल सम्मानित भएका छन् ।

Advertisement

प्रजिअ ढकाललाई रसुवा नागरिक समाजले गत शुक्रवार एक कार्यक्रम गरी सम्मान गरेको हो । जनपूर्णिमाको अवसरमा  गोसाईंकुण्ड  मेलामा जाने  आउने क्रममा लेक लागेर गम्भीर घाइते भएका चार व्यक्तिहरूलाई प्रशासकको हिसाबले  उद्धार गर्न महत्त्वपूर्ण योगदान गरेबापत सम्मान गरेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

अध्यक्ष तामाङका अनुसार जनपूर्णिमाको अवसरमा  प्रजिअ ढकाल यात्रुको ज्यान बचाउन सहयोगका अलवा वर्षातको  समयमा राजमार्ग सञ्चालन लगायत जिल्लामा शान्ति सुरक्षा स्थापनामा महत्त्वपूर्ण योगदान दिएकाले सम्मान गरेको हो ।

Advertisement

ढकालले गत फागुन १७ गते देखी रसुवामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाली रहेको छ । उनको आगमन सँगै जिल्लामा दैनिक काम कारबाहीमा भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको छ ।

प्रतिक्रिया