रोमा र एसी मिलानको सानदार जित

विदुर खबर २०७८ भदौ १४ गते ८:२६

नुवाकोट । इटालियन सिरि ए लिगमा रोमा र एसी मिलानले सानदार जित निकालेका छन् । आइतबार राति भएको खेलमा दुवै टोलीले सानदार जित निकालेका हुन।

Advertisement

प्रशिक्षक जोसे माउरिन्होको नेतृत्वमा रोमाले सालेर्निटानालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।  रोमाको एकपक्षीय जितमा लोरेन्जो पेलेग्रेनीले दुई गोल गर्दा जोर्डन भेरेटोउट र टमि अब्राहमले एक-एक गोल गरे  ।

लगातार दोस्रो जितसङै रोमा सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । सालेर्निटाना दुई खेलबाट विना अंक रेलिगेशन जोनमा रहेको हो ।

Advertisement

अर्को खेलमा  एसी मिलानले कागलियरीलाई ४-१ गोल अन्तरले पराजित गरेकाे छ । मिलानको जितमा चेल्सीबाट भर्खरै आएका ओलिभियर जिराउडले दुई तथा सान्द्रो टोनाली तथा राफेल लिओले एक/एक गोल गरे ।

कागलियरीको लागि एलेक्सान्द्रो डाइओलाले एक सान्त्वना गोल गरे ।

Advertisement

लगातार दोस्रो जितसङै मिलान ६ अंकसहित चौथो स्थानमा छ । समान दुई खेलबाट एक अंक जोडेको कागलियरी तालिकाको १४ औँ स्थानमा छ ।

प्रतिक्रिया