नुवाकोटका दुई फुटवल क्लबले सी डिभिजन छनौट खेल्ने
विदुर खबर
२०७८ भदौ २ गते ९:०३

नुवाकोट । नुवाकोटका दुई फुटवल क्लबले सी डिभिजन छनौट खेल्ने भएका छन् ।
नुवाकोटबाट नुवाकोट युनाइटेड फुटवल क्लब र न्यु स्टार क्लबले सी डिभिजन खेल्ने पक्का भएको अखिल नेपाल फुटलव संघले जनाएको छ । सहिद स्मारक ’सी’ डिभिजन लिग छनौट प्रतियोगितामा ७९ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
एन्फाले ’सी’ डिभिजन छनौटका लागि ७९ क्लबले नाम दर्ता गरेको जनाएको छ ।
छनौटमा सर्वाधिक धेरै टिम बागमती प्रदेशको रहेको छ । बागमतीबाट ६२ क्लब, प्रदेश १ बाट ७ र अन्य प्रदेशबाट २÷२ टिम सहभागी भएको एन्फाले जनाएको छ ।
छनौट प्रतियोगिता भदौ १० गतेबाट सुरु हुनेछ । खेल तालिका शुक्रबार सार्वजनिक गरिनेछ ।
’सी’ छनौटबाट तीन टिम ’सी’ डिभिजनमा बढुवा हुनेछन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया