ढुङ्गाले लागेर रसुवामा एक शिक्षकको मृत्यु

रसुवा । लाङटाङ घुमेर फर्किने क्रममा बाटो माथि वाट झरेको ढुङ्गाले लाग्दा एक शिक्षकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भक्तपुरको काडांघारी स्थित न्यु स्टार पोल बोडिङ स्कुलका चार जना शिक्षकहरू साउन २६ गते लाङटाङ घुम्न पुगेका थिए । घुमेर फर्कने क्रममा लामा होटेल र स्याफ्रुको बिचमा पर्ने रिमुचे भन्ने स्थानमा माथि वाट झरेको ढुङ्गाले लाग्दा धादिङका ४५ वर्षीय राजु लामाको मृत्यु भएको हो ।
प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार घटना भएको थाहा पाउँदा साथ तत्कालै प्रहरी र सेना परिचालन गरी उद्धार गरी जिल्ला अस्पताल धुन्चेमा ल्याई मृतक लाई पोस्टमार्टम गर्दा टाउकोमा चोट र घाँटीको स्पाइनल हड्डी भाँचिएर मृत्यु भएको बत्ताइएको छ । घाइते भनिएता पनि उनको घटना स्थलमा नै मृत्यु भइसकेको थियो ।
उद्धारमा कठिन भएका कारण साउन ३२ गते जिल्ला अस्पतालमा ल्याई पोस्टमार्टम गरेर मृतकका आफन्त लाई जिम्मा लगाइएको र अरू तिन शिक्षक सकुशल रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया