रसुवाको स्याफ्रुमा पहिरो जाँदा ४ घरमा क्षति
रसुवा । स्याफ्रुबेँसीस्थित पुरानो गाउँबस्तीमा बिहान घर माथिबाट आएको पहिराका कारण स्थानीयबासि विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ५ः३० बजेतिर पहिरो आएको हो । पहिरोमा परि दुई स्थानीय घाइते हुनाका साथै चार घर पूर्णरूपले क्षति भएका छन् । जिल्लाको पहिलो सदरमुकामसमेत रहेको स्याफ्रुबेँसीस्थित पुरानो बस्तीमा पहिराको जोखिम बढेपछि त्यस क्षेत्रमा बसोबास गर्ने २४ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
विस्थापितलाई अन्यत्र सार्न गोसाइँकुण्ड गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल प्रहरीलगायत सुरक्षा निकाय एवं जनप्रतिनिधि जुटिरहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए । पहिराका कारण घाइते हुनेमा सोनाम दोर्जे तामाङ र शुकदोर्जे तामाङ छन् । उनीहरूको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।
गाउँमाथिबाट आएको पहिराले स्थानीयवासी कामी तामाङ, राजु लामा, कर्पु लामा र सन्तोष तामाङको घर पूर्णरूपमा क्षति भएको छ । क्षतिको तथाङ्क सङ्कलन गर्ने काम भइरहेको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।
पहिराले घर बस्ती क्षेत्र जोखिममा परेका र घर पूर्णरूपमा क्षति भई विस्थापित भएका २४ घरपरिवारलाई बसोबास र भोजनको व्यवस्थापन गाउँपालिकाका तर्फबाट गरिने जनाउँदै गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले व्यवस्थापकीय कार्यमा आवश्यक जनशक्ति परिचालन गराई पूर्वतयारी भइरहेको र साँझसम्म विस्थापितलाई आवश्यकपर्ने सम्पूर्ण आधारभूत व्यवस्थापन भइसक्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया