जिल्लाव्यापी अण्डर–१६ फूटसल गोलकपको उपाधि आदर्श जनप्रेमी उच्च मावि कौशलटारलाई
भक्तपुर, भक्तपुरमा आयोजना भएको जिल्लाव्यापी अण्डर–१६ फूटसल गोलकपको उपाधि आदर्श जनप्रेमी उच्च मावि कौशलटारले हात पारेको छ । प्रतियोगिताको आज भएको फाइनल खेलमा मोर्डन स्कूललाई ट्राइबेकरमा ३–१ गोल अन्तरले हराउँदै जनप्रेमीले उपाधि हात पारेको हो ।
प्रतियोगितामा प्रेशियस स्कूल बालकोटले क्याण्डेड इन्टनेशनल स्कूललाई १–० को गोल अन्तरले हराउँदै प्रतियोगितामा प्रेशियस स्कूल दोस्रो र क्याण्डेड इन्टनेशनल स्कूल सिरुटार तेस्रो भएको छ । भक्तपुरको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमी नगरपालिकाको सहयोगमा युवाका साथ आवाज नामक संस्थाले गत मंगलबारदेखि आयोजना गरी आज सम्पन्न प्रतियोगितामा जिल्लाका ३२ विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई प्रदेश नं ३ का प्रदेश सदस्य शशिजंग थापाले नगद रु १५ हजार, रु १० हजार र रु पाँच हजारसहित पदक तथा शिल्ड प्रदान गर्नुभयो । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पदक प्रदान गरियो ।
कार्यक्रममा प्रदेश सदस्य थापाले खेलकूदको विकासले मात्र अन्तर्राष्ट्रियरुपमा नेपालको परिचय र गौरव स्थापित हुन सक्ने भएकाले सरकारले खेलकूदको विकासमा ध्यान बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय तहदेखि नै राष्ट्रिय प्रतिभाशाली खेलाडी उत्पादन गर्न सकिने बताउँदै क्रिकेटमा जस्तै फूटबलमा पनि नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया