टोकियो ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान

विदुर खबर २०७८ साउन १३ गते १६:४१

नुवाकोट । टोकियो ओलम्पिकअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

Advertisement

५० मिटरको पौडी पोखरीमा (लङ कोर्स) मा राष्ट्रिय कीर्तिमान बनाउने क्रममा गौरिकाले १ मिनेट ००.११ सेकेन्डमा पौडिएकी हुन्।

यसअघि गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै लङ कोर्षमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सोही रेकर्ड गौरिकाले बुधबार सुधार गरेकी हुन्।

Advertisement

बुधबार सय मिटर फ्रिस्टायलको पहिलो हिटमा पौडीएकी गौरिका चार खेलाडी मध्ये तेस्रो भइन्। शीर्ष स्थानमा नाइजेरिया र दोस्रो स्थानमा मोन्टेनेग्रोका खेलाडी आए। गौरिकाले ग्वामका खेलाडीलाई मात्र पछि पार्न सकिन्।

यो स्पर्धामा कुल ५१ खेलाडीले  प्रतिस्पर्धा गरेका थिए। जसमा गौरिका ५०औं स्थानमा आइन्। शीर्ष १६ खेलाडी भने सेमिफाइनलमा पुगे।

Advertisement

सय मिटर फ्रिस्टायलको सर्ट कोर्षको (२५ मिटरको स्वीमिङ पुल) राष्ट्रिय कीर्तिमान  पनि गौरिकाको नाममा छ। उनले १३औं सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

प्रतिक्रिया