टोकियो ओलम्पिकमा नेपालका एलेक्सले आज प्रतिष्पर्धा गदै
नुवाकोट । जापानमा जारी टोकियो ओलम्पिकमा आज (मंगलबार) नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
ओलम्पिक अन्तर्गत मंगलबार नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) ले प्रतिस्पर्धा गर्ने छन् । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । उनको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट १ मा रहेका छन् । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका छन् । एलेक्स रहेको हिट १ मा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडी रहेका छन् ।
टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । एलेक्ससँगै गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छन् ।
गौरिकाको प्रतिस्पर्धा भने बुधबार रहेको छ । गौरिकाले महिला १ सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्ने छिन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया