नेपालका ४ नेपाली खेलाडी टी–२० वरीयतामा

विदुर खबर २०७५ साउन २२ गते १४:२७

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टी–२० वरीयताको उत्कृष्ट सय खेलाडीभित्र नेपालका चार खेलाडी परेका छन्। टी–२० वरीयतामा नेपालका २ ब्याट्सम्यान र २ बलर परेका छन्।

ब्याट्सम्यानको वरीयतामा कप्तान पारस खड्का र शरद भेषावकर परेका छन्। पारस ९०औं वरीयतामा छन्। पारसको  रेटिङ अंक २६५ छ। शरद ९८औं वरीयतामा छन्। उनको रेटिङ अंक २३८ छ। टी–२० वरीयताको शीर्ष स्थानमा आरोन फिन्च छन् भने दोस्रो स्थानमा पाकिस्तानको फखर जमान र तेस्रो स्थानमा भारतका लोकेश राहुल छन्।

यता नेपालका बलरद्वय बसन्त रेग्मी र सोमपाल कामी पनि टी–२० वरीयतामा समावेश छन्। बसन्त ३९७ अंकसहित ७१औं वरीयतामा छन्। सोमपाल ९२औं वरीयतामा छन्। उनको रेटिङ अंक ३३८ छ। बलरको शीर्ष स्थानमा अफगानिस्तानका रसिद खान छन्। दोस्रो स्थानमा पाकिस्तानका सादब खान र तेस्रो स्थानमा न्युजिल्यान्डका इस सोधी छन्।

Advertisement

प्रतिक्रिया