रसुवामा १ हजार ३६ जना कोरोना संक्रमित निको भए
विदुर खबर
२०७८ असार २८ गते १२:४९

रसुवा । रसुवामा १ हजार ३६ जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्लामा रहेका संक्रमितमध्ये आइतबार २३ जना संक्रमित निको भएसँगै निको हुनेको संख्या १ हजार ३६ पुगेको हो । रसुवामा हालसम्म १ हजार १ सय २९ जनामा कोरोना पुष्टि भएको थियो । तथ्यांक अनुसार संक्रमितमध्ये ९१.७६ प्रतिशत निको भएका छन् ।
जिल्लामा हाल ९२ जना सक्रिय कोरोना संक्रमित छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ७, उत्तरगयामा १६ र कालिकामा ६९जना रहेका छन् । संक्रमितहरूमध्ये २ जना संस्थागत र ९० जना होम आइसोलेसनमा बसेका छन् ।
जिल्लामा हालसम्म ३ हजार ८ सय २८ वटा स्वाव संकलन गरिएकोमा २ हजार ६ सय ९९ नेगेटिभ र १ हजार १ सय २९ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया