पोखरा मनाङको ‘होम ग्राउण्ड’ हुने
नुवाकोट । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले पोखरालाई ‘होम ग्राउण्ड’ बनाउने भएको छ ।
पोखरा रंगशालालाई ‘होम ग्राउण्ड’ बनाउने प्रस्ताव सहित मनाङले राखेप समक्ष प्रस्ताव गरेको थियो । क्लबको प्रस्तावलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहमती प्रदान गरेको छ ।
पछिल्लो निर्णयसंगै मोफसलमा जाने मनाङ पहिलो क्लब बन्ने भएको हाे । काठमाडौंलाई आधार बनाएर फुटबलमा लगानी गरिरहेको मनाङले पोखरालाई घरेलु मैदानको रुपमा विकास गर्ने प्रयास थालेको छ । मनाङ जिल्ला गण्डकी प्रदेशमा रहेकाले समेत पोखरालाई घरेलु मैदान बनाउनुपर्ने छलफल क्लबभित्र हुने गरेको थियो । क्लबमा नयाँ कार्यसमिति आएसंगै प्रक्रिया अघि बढेको हो ।
‘सहिद स्मारक सहितका प्रतियोगिताका लागि क्लबले खेल्ने ‘होम गेम’ पोखरा रंगशालामा आयोजना गर्ने प्रस्ताव गरेको थियौं । राखेपको सहमतीसंगै चाँडै औपचारिक सम्झौता हुनेछ ।’ क्लबका उपाध्यक्ष बिजय घलेले खेलापाटीसंग भने ।
सम्झौता भएसंगै मनाङले राखेपबाट ‘होम ग्राउण्ड’को प्रमाणपत्र प्राप्त गर्नेछ । फुटबललाई बिकेन्द्रिकरण गर्नुपर्ने बहश घरेलु खेलकुदमा पुरानो बनिसकेको छ । तर काठमाडौं उपत्यकाबाट बाहिर नेपाली फुटबल पुग्न सकेको छ ।
नेपालमा खेलिने शीर्ष डिभिजनका लिगमा उपत्यकाकै क्लबको बर्चस्व रहेको छ । तर सबै खेल काठमाडौं उपत्यकामै हुने गर्छ ।मनाङ र पोखरा रंगशालाबीचको विस्तृत सम्झौता भने गण्डकी प्रदेशमै हुनेछ । राखेप अन्तर्गतको जिल्ला खेलकुद विकास समितिसंग क्लबले औपचारिक सम्झौता गर्ने बताईएको छ ।
‘करिब ५ वर्षलाई प्रारम्भिक रुपमा पोखरा रंगशालालाई घरेलु मैदानको रुपमा लैजाने प्रस्ताव छ । लिग सहितका अन्य प्रतियोगिता मनाङले पोखरामै खेल्ने गरि तयारी गरिरहेका छौं ।’ एन्फा कार्यसमिति सदस्य समेत रहेका घलेले भने ।
मनाङलाई एन्फाको सदस्य जिल्ला बनाउन सफल बनेका घले पछिल्लो समय क्लबलाई पोखरा लैजाने प्रक्रियामा लागेका छन् ।
गण्डकी प्रदेशकै जिल्ला भएका कारण पोखरामा मनाङ फुटबल क्लबका धेरै समर्थक छन् । आहा–रारा गोल्डकप लगायतका प्रतियोगितामा मनाङका समर्थकको ‘क्रेज’ देख्न सकिन्छ । समर्थकको सोही सद्भावलाई आधार बनाएर क्लबलाई थप व्यवसायीक र आत्मनिर्भर बनाउने मनाङको योजना छ ।
मनाङ घरेलु फुटबलको सर्वाधिक सफल क्लब हो । क्लबले कीर्तिमान ८ पटक लिग उपाधि उचालेको छ । स्टार खेलाडीमा दिल खोलेर खर्च गर्ने र उपाधिमा सधै दाबेदारिता प्रस्तुत गर्ने परिचय मनाङले घरेलु फुटबलमा बनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया