ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर
रसुवा ।ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले हस्ताक्षर गरे ।सम्झौता अनुसार बैंकले नौकुण्ड गाउँपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने गाउँपालिकाले साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।
बैंकले २७३ वटा शाखा, २४२ वटा एटीएम, २५७ वटा शाखा रहित बैंकिङ सेवा, ४७ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ
संगम एकल नृत्य प्रतियोगिताको उपाधि त्रिशुलीकी मलेकुलाई
नेपाली काँग्रेस नुवाकोटबाट राष्ट्रियसभा र प्रतिनिधिसभाको उम्मेदवार सिफारिस
ओली र लेखकको बयानका लागि उपाय खोजिँदै
मलाई निर्वाचन लड्न कसैले रोक्न सक्दैन : डा.केसी





प्रतिक्रिया