रसुवामा कोरोना संक्रमितको संख्या घट्दै,सक्रिय संक्रमितको संख्या ८६
विदुर खबर
२०७८ असार १६ गते १९:३१

नुवाकोट । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ८६ पुगेको छ ।
बुधबार ७ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या ८६ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ८, कालिकामा ७६ र उत्तरगयामा २ जना रहेका छन् । संक्रमितहरूमध्ये ६ जना संस्थागत र ८० जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म १ हजार ३७ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ९ सय ५० जना निको भएका छन् ।
जिल्लामा हालसम्म ३ हजार ६ सय ८४ वटा स्वाव संकलन गरिएकोमा २ हजार ६ सय ४७ नेगेटिभ र १ हजार ३७ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया