रसुवाको जिबजिबेवासी दुषित पानी पिउन बाध्य

विदुर खबर २०७८ असार १२ गते १७:५६

विष्णुप्रसाद लामिछाने, रसुवा । स्व्च्छ र सफा खानेपानीको सहज आपूर्ति आफ्ना नागरिकका लागि घरघरमा पुर्याउनु राज्यको प्रमुख दायित्व हो भने सफा पानि पिउन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार पनि हो ।

Advertisement

तर रसुवा जिल्ला कालिका गाउँ पालिका वडा न ५ जिबजिबे का स्थानीय बासिन्दा हरु हरेक बर्ष बर्खा याम सुरु भए देखि दुषित पानी खान बाध्य छन ।

यसै वडामा पर्ने निउरेघारी खाने पानी उपभोक्ता समितीमा आबद्ध जिबजिबेका झन्डै ७ सय घरधुरीले हरेक बर्षको बर्खायाममा धमिलो पानी पिउनु पर्ने बाध्यता छ ।
स्थानीय नेत्र लामिछानको अनुसार हरेक बर्ष बर्खा सुरु भए लगत्तै पानिको मुहान खोलाको मध्य भागमा रहेको कारण धारामा धमिलो पानी,पात पतिङगर पनि आउने गरेको र त्यही पानी आफूहरुले खानुपर्ने वाध्यता रहेको बताए ।

Advertisement

लामिछानेले सडक निर्माणको क्रममा नालीलाई पानीको मुल माथी अव्यवस्थित तरिकाले छोड्दा यो समस्या आएको हो । हिउँदमा पानीको मुहान सुक्ने र बर्षादमा धमिलो पानी आउने समस्या वषौदेखि चल्दै आएपनि स्थानिय तह र वडाले बजेट बिनियोजन नगर्दा समस्या समाधान हुन नसकेको उनको तर्क छ ।

स्थानीयहरुले रिजर्भ ट्याङ्की निर्माण र पाईपलाईनको उचित ब्यवस्थापनका लागि पटकपटक वडा, गाउँपालिकामा निवेदन दिँदा पनि सुनुवाइ नभएको बताउँछ छन ।

Advertisement

प्रतिक्रिया