रसुवाको जिबजिबेवासी दुषित पानी पिउन बाध्य
विष्णुप्रसाद लामिछाने, रसुवा । स्व्च्छ र सफा खानेपानीको सहज आपूर्ति आफ्ना नागरिकका लागि घरघरमा पुर्याउनु राज्यको प्रमुख दायित्व हो भने सफा पानि पिउन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार पनि हो ।
तर रसुवा जिल्ला कालिका गाउँ पालिका वडा न ५ जिबजिबे का स्थानीय बासिन्दा हरु हरेक बर्ष बर्खा याम सुरु भए देखि दुषित पानी खान बाध्य छन ।
यसै वडामा पर्ने निउरेघारी खाने पानी उपभोक्ता समितीमा आबद्ध जिबजिबेका झन्डै ७ सय घरधुरीले हरेक बर्षको बर्खायाममा धमिलो पानी पिउनु पर्ने बाध्यता छ ।
स्थानीय नेत्र लामिछानको अनुसार हरेक बर्ष बर्खा सुरु भए लगत्तै पानिको मुहान खोलाको मध्य भागमा रहेको कारण धारामा धमिलो पानी,पात पतिङगर पनि आउने गरेको र त्यही पानी आफूहरुले खानुपर्ने वाध्यता रहेको बताए ।
लामिछानेले सडक निर्माणको क्रममा नालीलाई पानीको मुल माथी अव्यवस्थित तरिकाले छोड्दा यो समस्या आएको हो । हिउँदमा पानीको मुहान सुक्ने र बर्षादमा धमिलो पानी आउने समस्या वषौदेखि चल्दै आएपनि स्थानिय तह र वडाले बजेट बिनियोजन नगर्दा समस्या समाधान हुन नसकेको उनको तर्क छ ।
स्थानीयहरुले रिजर्भ ट्याङ्की निर्माण र पाईपलाईनको उचित ब्यवस्थापनका लागि पटकपटक वडा, गाउँपालिकामा निवेदन दिँदा पनि सुनुवाइ नभएको बताउँछ छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया