रसुवाको दाहलफेदीका ५२ परिवारलाई राहत सामग्री वितरण
विदुर खबर
२०७८ असार ९ गते १९:३७
रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१, दाहलफेदीका ५२ घरधुरीलाई राहत वितरण गरिएको छ ।
समाजसेवी अभियानता नर्स प्रतिमा लामाले दालफेदीमा राहत वितरण गरेकी हुन् । “स्वस्थ र शिक्षित समाज निर्माण” र “काेराेनाबाट आफू बचाैं अनि अरूलाई पनि बचाऊ”अभियानका अभियानता नर्स प्रतिमाले असार ८ गते गाेसाईकुण्ड गाउपालिका वडा नम्बर १ स्थित दालफेदी गाउँका सम्पूर्ण ५२ घरधुरीलाई काेराेनाकाे दाेस्राे लहरकाे कारण करिब तीन महिनाकाे बन्दबन्दीबाट त्यहाँका जनताहरूलाई असज नहाेस भनी र बन्दबन्दीबाट सृजित घाउमा मलम स्वरूप राहत प्रदान गरिएको हो ।
३० किलो चामल १ बाेरा, चिनी १ किलो., नुन १ केजी र मस्याैरा १ के.जीकाे प्याकेज गाउँका सम्पूर्ण घरधुरीलाई वितरण गरिएको उनले बताइन् । सरकारकाे एकद्वार प्रणाली अनुसार वडा अध्यक्ष फुर्पु साेनाम तामाङ मार्फत राहत वितरण गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया