रसुवाको दाहलफेदीका ५२ परिवारलाई राहत सामग्री वितरण

विदुर खबर २०७८ असार ९ गते १९:३७

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१, दाहलफेदीका ५२ घरधुरीलाई राहत वितरण गरिएको छ ।

Advertisement

समाजसेवी अभियानता नर्स प्रतिमा लामाले दालफेदीमा राहत वितरण गरेकी हुन् ।  “स्वस्थ र शिक्षित समाज निर्माण” र “काेराेनाबाट आफू बचाैं अनि अरूलाई पनि बचाऊ”अभियानका अभियानता नर्स प्रतिमाले असार ८ गते गाेसाईकुण्ड गाउपालिका वडा नम्बर १ स्थित दालफेदी गाउँका सम्पूर्ण ५२ घरधुरीलाई काेराेनाकाे दाेस्राे लहरकाे कारण करिब तीन महिनाकाे बन्दबन्दीबाट त्यहाँका जनताहरूलाई असज नहाेस भनी र बन्दबन्दीबाट सृजित घाउमा मलम स्वरूप राहत प्रदान गरिएको हो ।

३० किलो चामल १ बाेरा, चिनी १ किलो., नुन १ केजी र मस्याैरा १ के.जीकाे प्याकेज गाउँका सम्पूर्ण घरधुरीलाई वितरण गरिएको उनले बताइन् । सरकारकाे एकद्वार प्रणाली अनुसार वडा अध्यक्ष फुर्पु साेनाम तामाङ मार्फत राहत वितरण गरिएको हो ।

Advertisement

प्रतिक्रिया