रसुवामा ६ सय ९६ जना कोरोनामुत्त भई घर फर्किए
विदुर खबर
२०७८ असार ५ गते २१:४३

रसुवा । रसुवामा ६ सय ९६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
जिल्लामा हालसम्म ३ हजार ४ सय ९ वटा स्वाव संकलन गरिएकोमा २ हजार ४ सय ७० नेगेटिभ र ९ सय ३९ पोजेटिभ आएको थियो ।
रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ४२ पुगेको छ । शुक्रबार ८ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २ सय ४२ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
Advertisement
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ११, कालिकामा १ सय ७६, उत्तरगयामा ५२ र आमाछोदिङ्मोमा ३ जना रहेका छन् । संक्रमितहरूमध्ये १२ जना संस्थागत र २ सय ३० जना होम आइसोलेसनमा बसेका छन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया