रसुवामा कोरोना संक्रमितको संख्या ८ सय ७१ पुग्यो

विदुर खबर २०७८ जेठ ३० गते १९:३०

रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय १६ पुगेको छ ।

Advertisement

आइतबार ४ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २ सय १६ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ६, कालिकामा १ सय ७४, उत्तरगयामा ३२, आमाछोदिङ्‍मोमा ३ र नौकुण्डमा १ जना रहेका छन् । संक्रमितहरूमध्ये ७ जना संस्थागत र २ सय ९ जना होम आइसोलेसनमा बसेका छन् ।

Advertisement

रसुवामा हालसम्म ८ सय ७१ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ६ सय ५४ जना निको भएका छन् ।

जिल्लामा हालसम्म ३ हजार १ सय ९८ वटा स्वाव संकलन गरिएकोमा २ हजार ३ सय ७ नेगेटिभ र ८ सय ७१ पोजेटिभ आएको थियो ।

Advertisement

प्रतिक्रिया