रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३० पुग्यो
विदुर खबर
२०७८ जेठ २८ गते १७:४६
रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३० पुगेको छ ।
बिहीबार ४७ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३० पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ४, कालिकामा १ सय ७९, उत्तरगयामा ३९, आमाछोदिङ्मोमा ५ र नौकुण्डमा ११ जना रहेका छन् । संक्रमितहरूमध्ये ९ जना संस्थागत र २ सय २१ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म ८ सय ५२ जनामा कोरोना पुष्टि भएको थियो ।
जसमा ६ सय २१ जना निको भएका छन् । जिल्लामा हालसम्म ३ हजार १ सय ६६ वटा स्वाव संकलन गरिएकोमा २ हजार २३ सय १४ नेगेटिभ र ८ सय ५२ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया