रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३० पुग्यो
विदुर खबर
२०७८ जेठ २८ गते १७:४६

रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३० पुगेको छ ।
बिहीबार ४७ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३० पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ४, कालिकामा १ सय ७९, उत्तरगयामा ३९, आमाछोदिङ्मोमा ५ र नौकुण्डमा ११ जना रहेका छन् । संक्रमितहरूमध्ये ९ जना संस्थागत र २ सय २१ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म ८ सय ५२ जनामा कोरोना पुष्टि भएको थियो ।
जसमा ६ सय २१ जना निको भएका छन् । जिल्लामा हालसम्म ३ हजार १ सय ६६ वटा स्वाव संकलन गरिएकोमा २ हजार २३ सय १४ नेगेटिभ र ८ सय ५२ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया