रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ९० पुग्यो
विदुर खबर
२०७८ जेठ २१ गते ११:०८

रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ९० पुगेको छ ।
बिहीबार १८ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या १ सय ९० पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १७, कालिकामा ७०, उत्तरगयामा १०, आमाछोदिङ्मोमा १४ र नौकुण्डमा ७९ जना रहेका छन् । संक्रमितहरूमध्ये ६ जना संस्थागत र १ सय ८४ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म ५ सय ८५ जनामा कोरोना पुष्टि भएको थियो ।
जसमा ५ सय ६ जना निको भएका छन् । जिल्लामा हालसम्म २ हजार ४ सय ६७ वटा स्वाव संकलन गरिएकोमा १ हजार ८ सय ८९ नेगेटिभ र ५ सय ८५ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया