सांसद मोहन आचार्यद्धारा रसुवाका दुई अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान
रसुवा । प्रतिनिधि सभा सदस्य मोहन आचार्यले रसुवाका दुई अस्पताललाई व्यक्तिगत रुपमा भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।
पछिल्लो समय कोरोनाका जटिल प्रकृतिका बिरामी बढेसँगै नागरिकको स्वास्थ्यलाई मध्यनजर राख्दै जिल्लाको रसुवा अस्पताल धुन्चे र जिबजिबे ग्रामिण अस्पतालाई आचार्यले व्यक्तिगत रुपमा भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।
आचार्यले आफनो व्यक्तिगत खर्चमा करिब १६ लाख मुल्य बराबरको मिनि भेन्टिलेटर ४ वटा, अक्सिमिटर ३० वटा, बेड ५ वटा र सर्जिकल मास्क ३ हजार थान उपलब्ध गराएका छन् । जिल्लाका दुई अस्पतालमा प्रयोग हुने गरि बिहिबार जिल्ला प्रशासन कार्यालय रसुवामा एक कार्यक्रमको आयोजना गरि जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद ढकाललाई सामाग्री हस्तान्तरण गरेका छन् ।
सामाग्री हस्तान्तरण गर्दै प्रतिनिधि सभा सदस्य मोहन आचार्यले कोरोना संक्रमण बढेसँगै जटिल प्रकृतिका बिरामीहरु देखिन थालेको र उपचारका लागि बाहिरी जिल्ला लैजानुपर्ने समस्यालाई मध्यनजर राख्दै व्यक्तिगत रुपमा उक्त सामाग्री खरिद गरि जिल्लालाई उपलब्ध गराएको बताए । ‘कोरोना संक्रमण बढेको छ, बिशेष गरि स्वास प्रस्वास र अक्सिजनको आवश्यकता लगायतका समस्याबाट प्रताडित भएको अवस्था छ, यसलाई मध्यनजर राख्दै यो सामाग्री व्यक्तिगत रुपमा उपलब्ध गराएको हुँ, उनले भने, कोरोनाको कति वटा लहर आउछ भन्ने थाहै छैन्, आउने दिनहरुमा पनि यो सँग लड्न लाई, जुध्नलाई, तयार रहनलाई म जनप्रतिनिधिको हैसियतले व्यक्तिगत रुपमा सहयोग गरेको हुँ, ।
उक्त सामाग्री बुझदै प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद ढकालले आवश्यकताका आधारमा जिल्लाका अस्पतालहरुमा प्रयोग गरिने बताए । ‘जिल्लाका पाँच वटा गाउँपालिकाका प्रमुख सँग समन्वय गरेर यसको बितरण गर्नेछु, जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) को बैठक राखेर यसबारे निर्णय लिनेछु, उनले भने, ।
त्यसैगरि प्रतिनिधिसभा सदस्य आचार्यले बिहिबार नै त्रिशुली अस्पताल नुवाकोटलाई पनि मिनि भ्यान्टिलेटर २ वटा, एबिजि ( आइसियुमा प्रयोग हुने सामान ) १ वटा हस्तान्तरण गरेका छन् । गत वर्ष देखिएको कोरोनाको पहिलो लहरमा पनि आचार्यले व्यक्तिगत रुपमा जिल्लामा स्वास्थ्य सामाग्री प्रदान गर्नुका साथै जिल्लामा अग्रपंतिमा रहेका ५ सय ८ जनालाई निशुल्क कोरोना बिमा, बिपन्नलाई राहात बितरण लगायतका सहयोग गरेका थिए ।
भेन्टिलेटर लगायतका अत्यावश्यक सुबिधा नहुदाँ जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ । रिफर भएकाहरुमा फोक्सोका निमोनिया, अक्सिजन मात्रा कम लगायतका समस्या देखिएको छ ।
जिल्लामा पुर्ण प्रबिधि नहुदाँ कोरोनाका जटिल प्रकृतिका बिरामी नुवाकोट तथा काठमाण्डौ रिफर हुनुपर्ने बाध्यता रहेको छ । अब जिल्लामै भेन्टिलेटर उपलब्ध भएसँगै जटिल प्रकृतिका बिरामीलाई तत्काल उपचारमा केहि सहज हुने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कांग्रेस सभापतिमा तीन नेताबीच तीव्र प्रतिस्पर्धा
आजको मौसम : दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ





प्रतिक्रिया