रसुवाको स्थानीय तहको बजेट बढ्यो

विदुर खबर २०७८ जेठ १९ गते २१:२५

रसुवा । रसुवाको स्थानीय तहको बजेट बढेको छ। चालु आर्थिक वर्ष २०७७/७८ को तुलनामा आउँदो आर्थिक वर्ष २०७८/७९ को बजेट बढेको हो।

Advertisement

जिल्लाको पाँचवटा स्थानीय तहलाई आउँदो आर्थिक वर्षका लागि १ अर्ब ८ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले १ अर्ब १ करोड ९४ लाख रुपैयाँ विनियोजन गरेको थियो। यो चालु आर्थिक वर्षको तुलनामा ६ करोड २५ लाख रुपैयाँ बढी हो।

वित्तीय समानीकरण अन्तर्गत ४१ करोड ३ लाख, सशर्त अनुदान अन्तर्गत ६२ करोड ५८ लाख, विशेष अनुदान तर्फ २ करोड २९ लाख र समपुरक अनुदान तर्फ २ करोड २९ लाख बजेट विनियोजन भएको छ।

Advertisement

जिल्लाको उत्तरगया गाउँपालिकाको लागि वित्तीय समानीकरण अन्तर्गत ८ करोड १९ लाख, सर्शत अनुदान अन्तर्गत १४ करोड ११ लाख, विशेष अनुदानमा १ करोड ४ लाख गरी २३ करोड ३४ लाख बजेट विनियोजन भएको छ। कालिका गाउँपालिकाको लागि वित्तीय समानीकरण अन्तर्गत ८ करोड ६० लाख र सर्शत अनुदान अन्तर्गत १२ करोड ५१ लाख गरी २१ करोड ११ लाख बजेट विनियोजन भएको छ।

गोसाइँकुण्ड गाउँपालिकाको लागि वित्तीय समानीकरण अन्तर्गत ८ करोड ३४ लाख र सर्शत अनुदान अन्तर्गत १२ करोड ७१ लाख गरी २१ करोड ५ लाख, नौकुण्डमा वित्तीय समानीकरण अन्तर्गत ८ करोड ९१ लाख, सर्शत अनुदान अन्तर्गत १३ करोड ९७ लाख, विशेष अनुदान अन्तर्गत ८३ लाख र समपुरक अनुदान तर्फ १ करोड २५ लाख गरी २४ करोड ९६ लाख बजेट विनियोजन भएको छ।

Advertisement

यस्तै आमाछोदिङ्मो गाउँपालिकामा वित्तीय समानीकरण अन्तर्गत ६ करोड ९९ लाख, सर्शत अनुदान अन्तर्गत ९ करोड २८ लाख, विशेष अनुदान अन्तर्गत ८२ लाख र समपुरक अनुदान तर्फ १ करोड ४ लाख गरी १७ करोड ७३ लाख बजेट विनियोजन भएको छ।

आउँदो आर्थिक वर्षका लागि सबैभन्दा बढी बजेट नौकुण्ड गाउँपालिकामा र सबैभन्दा कम बजेट आमाछोदिङ्मो गाउँपालिकामा परेको छ।

प्रतिक्रिया