कोरोना कहरमा जिबजिबे अस्पतालको गुणस्तरीय सेवा

विदुर खबर २०७८ जेठ १८ गते २२:१३

रसुवा । कालिका गाउँपालिका वडा न ५ स्थित जिबजिबे ग्रामीण अस्पतालबाट हाल बिश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण दर लाई आधारित भएर सेवा प्रबाहमा थप गरेको छ ।

Advertisement

यो अस्पतालबाट नौकुन्ड कालिका र उत्तर गया गाउपालिका का स्थानीयले स्वास्थ सेवा बाट लाभान्वित भएका छन ।यो अस्पतालले गाउँ पालिका को सहयोग मा नजिक रहेको श्री निलकण्ठ नमुना माध्यमिक बिधालय मार्फत कोरोना जाच गरेको छ ।

अस्पताल बाट हाल सम्म २५ जना covid बिरामी निको भएर घर गएको जानकारी प्राप्त भएको छ । हाल २ जना बिरामी isolation मा राखेर उपचार भइ रहेको छ ।अस्पताल बाट लक्ष्ण देखिएका सन्कास्पद बिरामीको pcr परिक्षण को पनि ब्यबस्था मिलाएको छ ।उक्त स्वाब कलेक्सन गरि त्रिशुलि अस्पताल को प्रयोगशाला मा पठाउने गरेको छ ।कोभिड १९ को हाल सम्म को अवस्था आकलन गर्दै त्यस्को जोखिन बढन सक्ने अबस्थालाई मध्यनजर राख्दै आज बाट ३ वटा cardiac monitor बाट सेवामा बिस्तार गरेको छ ।

Advertisement

उक्त cardiac monitor मा १ वटा समाजसेवी ब्यक्ति आदरणीय नवराज आचार्य बाट र बाकी अस्पताल को रहेको जानकारी आएको छ ।यश अस्पताल मा non covid patient लाई पनि अस्पताल मा सेवा मा कुनै खालको तिक्तता नरहेको बताउनु भयो । त्यस्को लागि छुट्टै fever clinic patient लाई उपचार को ब्यबस्थापन भएको छ ।

एक स्थानीय कोभिड बिरामी का अनुसार अस्पताल मा यो महामारी मा पनि जीवन जोखिम मा राखेर सेवा प्रबाह गर्ने चिकित्सक तथा स्वास्थकर्मी लाई धन्यवाद दिनु भएको छ ।

Advertisement

प्रतिक्रिया