ओली सरकारले बढायो खेलकुद क्षेत्रको बजेट !

विदुर खबर २०७८ जेठ १६ गते १२:३७

नुवाकोट । सरकारले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Advertisement

अर्थमन्त्रीले विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै युवा तथा खेलकुद मन्त्तालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए।

सरकारले नयाँ आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट बढाएको हो । चालू आर्थिक वर्षमै मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

Advertisement

राष्ट्रिय योजना आयोगले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब ९३ करोड ९५ लाख रुपैयाँको बजेट सिलिङ तोकेको थियो।

अर्थमन्त्री पौडेलले खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरिएको जानकारी दिए ।

Advertisement

मोरङको बैजनाथपुर, काठमाडौंको मुलपानी रुपन्देहीको भैरहवा,दाङको लमही, बाँकेको नेपालगंज र कंचनपुरको महेन्द्रनगरमा क्रिकेट रंगशाला सम्पन्न गर्न आवश्यक बजेट छुट्टाईएको अर्थमन्त्री पौडेलले बताए ।

झापामा बन्ने मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला २ वर्षभित्र संचालनमा आउने गरि निर्माण गरिने उनले बताए ।

पोखरा रंगशाला आगामी वर्ष भित्र निर्माण सम्पन्न हुने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

सक्रिय खेलजीवनबाट निवृत खेलाडीलाई व्यवसाय संचालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था मिलाएको समेत उनले बताए ।

प्रतिक्रिया