सुदूरपश्चिम प्रदेशका ३ सांसदलाई साधारण सदस्यबाटै निष्काशन गर्ने एमालेको निर्णय
नुवाकोट । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटी (केपी शर्मा ओली पक्ष)ले माधवकुमार नेपाल पक्षका सांसदहरु प्रकाश शाह, कृष्णराज सुवेदी र माया भट्टलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।
पार्टीको निर्देशन नमानेको भन्दै उनीहरुलाई कारबाही गरिएको हो। उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो।
सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले पार्टीले कारबाहीको निर्णय गरिसकेको बताए। उनले कारबाहीको पत्र पठाउने क्रममा रहेको बताए।
एमालेको प्रदेश सभा संसदीय दलका नेता हुन् शाह। प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री थिए। शुक्रबार भएको मन्त्रिपरिष्द हेरफेरमा उनले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाएका छन्। सुवेदी र भट्ट भने शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन भएसँगै निर्वतमान मन्त्री बनेका छन्।
एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिने निर्णय गरेको थियो। तर, प्रदेश सभा संसदीय दलले सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको थियो।
एमालेको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलमा नेपालपक्षको बहुमत छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया