रसुवाका थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु
विदुर खबर
२०७८ वैशाख २७ गते १५:४०

रसुवा । रसुवामा थप एकजना कोरोना संक्रमितको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।
मृत्यु हुनेमा साविक दोलखा जिल्लामा घर भई हाल रसुवाको पालिङ्खर्क वसोवास गर्दै आएका ४८ वर्षिय पुरुष रहेका छन् ।
उनी आइतवार त्रिशुली अस्पतालमा कोरोना संक्रमणका कारण आकस्मिक रुपमा अस्पताल भर्ना भएका थिए । उनको आइतवार नै निधन भएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
यससँगै नुवाकोटको त्रिशुली अस्पतालमा काभिङ १९ का कारण ३ जनाको मृत्य भइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया