रसुवामा बिहिबारदेखि दैनिक उपभोग्य सामाग्रीका पसल चार घण्टा मात्र खोल्न पाउने

विदुर खबर २०७८ वैशाख २२ गते १९:३७

रसुवा । रसुवामा दैनिक उपभोग्य सामाग्रीका पसल अब दैनिक चार घण्टा मात्र खोल्न पाउने भएका छन् ।

Advertisement

जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसिको आज बसेको बैठकले जिल्लाका सबै स्थानिय तहमा संचालित दैनिक उपभोग्य सामाग्रीका पसल दैनिक चार घण्टा मात्र खोल्न पाउने निर्णय गरेको हो ।

भोलि बिहिबार बाट लागु हुने गरि बिहान र बेलुका गरि दिनमा दुई चरणमा पसल खुल्ने खुलाउने प्रबन्ध मिलाईने भएको छ । 

Advertisement

बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र पसल खोल्न पाइने भएको छ । होटलहरु भने बेलुकी ८ बजे बन्द गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया