रसुवामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

विदुर खबर २०७८ वैशाख २१ गते १२:२४

रसुवा । रसुवामा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले अत्यावश्यक बाहेकका सबै सेवाहरू मंगलबारबाट बन्द गरेको छ ।

Advertisement

साहायक प्रमुख जिल्ला अधिकारी एवम् सुचना अधिकारी दुर्गा थापाका अनुसार कार्यालयले मंगलबारदेखि नयाँ नागरिकताको प्रतिलिपि वितरण, नाबालक परिचय पत्र वितरण, संघसंस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नविकरण, राहदानी वितरणका साथै अन्य अत्यावश्यक बाहेक का सेवाहरू स्थगित भएको बताउनु भयो ।

दिनप्रतिदिन कोरोना संक्रमित बढदै जानूका साथै कर्मचारीहरूमा समेत कोरोना देखिएपछि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यी सेवाहरू स्थगित गरिएको हो ।

Advertisement

प्रतिक्रिया