गेर्खु फर्कनेलाई वडाको निशुल्क बस सेवा

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ वडाअध्यक्ष तोयानाथ तिमिल्सेनाको विशेष पहलमा काठमाण्डौमा बसोवास गर्दै आएका गेर्खुबासीहरुका लागि घर फर्कन भोलि निशुल्क वसको व्यवस्था मिलाइएको छ ।
विभिन्न कामका लागि काठमाण्डौमा बसोवास गर्दै आइरहेका स्थानियबासीहरुलाई सहज रुपमा घर फर्कन निशुल्क वसको व्यवस्था गरिएको वडाध्यक्ष वडाअध्यक्ष तोयानाथ तिमिल्सेनाले बताए । भोलि दिउँसो ११ बजे काठमाण्डौको माछापोखरीबाट गेर्खुका लागि वस छुट्ने व्यवस्था मिलाइएको वडाअध्यक्ष तिमिल्सेनाले जानकारी दिए ।
बा ३ ख १५१० नम्बरको वस निशुल्क संचालन गरिएको वडाअध्यक्षले उल्लेख गरे । विभिन्न कामका लागि राजधानी पुगेका विद्यार्थीहरुलाई सहज यातायातको सुविधा दिन निशुल्कम वस संचालन गरेको उनको भनाई छ ।
काठमाण्डौ उपत्याकामा कोरोना संक्रमण व्यापक बढेपछि सरकारले यहि १६ गतेदेखि उपत्यकामा लकडाउनको घोषणा गरेको छ ।
निशुल्क वस सेवा प्रयोग गर्न चाहाने गेर्खुबासीले वडाअध्यक्ष तोयानाथ तिमिल्सेनाको ९८५१२६४०११ मोबाईल नम्बरसहित निम्न नम्बरहरुमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
रामचन्द्र अधिकारी ९८४१६०१५४६
सम्बन्धित समाचार
कोरोना भाइरसबारे सचेतना अपनाउन वडाध्यक्ष तिम्सीनाको आग्रह
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया