गेर्खु फर्कनेलाई वडाले ग¥यो निशुल्क बसको व्यवस्था

विदुर खबर २०७६ चैत ८ गते १९:२५

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ वडाअध्यक्ष तोयानाथ तिमिल्सेनाको विशेष पहलमा काठमाण्डौमा बसोवास गर्दै आएका गेर्खुबासीहरुका लागि घर फर्कन आईतबार निशुल्क बसको व्यवस्था मिलाएको छ ।

Advertisement

विभिन्न कामका लागि काठमाण्डौमा बसोवास गर्दै आइरहेका स्थानियबासीहरुलाई कोरोनाको कारण वस पाउने समस्या देखिएपछि सहज रुपमा घर फर्कने व्यवस्था मिलाइएको वडाअध्यक्ष तोयानाथ तिमिल्सेनाले जानकारी दिए । आईतबार दिउँसो १२ बजे काठमाण्डौको माछापोखरीबाट गेर्खुका लागि वस छुट्ने व्यवस्था मिलाइएको वडाअध्यक्ष तोयानाथ तिमिल्सेनाले बताए ।
बा ३ ख १५१० र बा ३ ख ८५०८ नम्बरको दुई वस निशुल्क संचालन गर्न लागिएको वडाअध्यक्षले उल्लेख गरे । विभिन्न कामका लागि राजधानी पुगेका विद्यार्थीहरुलाई सहज यातायातको सुविधा दिन निशुल्कम वस संचालन गरेको उनको भनाई छ ।

निशुल्क वस सेवा प्रयोग गर्न चाहाने गेर्खुबासीले वडाअध्यक्ष तोयानाथ तिमिल्सेनाको ९८४३२८३२८८ मोबाईल नम्बरसहित निम्न नम्बरहरुमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

Advertisement

प्रल्हाद प्याकुरेल 9851045583

जगदिश्वर चालिसे 9803324568

Advertisement

माधव प्याकुरेल 984961001

बाबुराम लामा 9841811667

रामचन्द्र घिमिरे 9841601546

प्रतिक्रिया