एकिकृत समाजवादी नुवाकोट नेपाली कम्युनिष्ट पार्टीमा समाहित
नुवाकोट । नुवाकोटमा समाजवादी पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।
केन्द्रमा माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी माओवादी केनद्रसहितको नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने निर्णय गरेसँगै जिल्लामा पनि सर्वसहमत रुपमा सो निर्णय भएको हो ।

तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको बामपन्थी पार्टीहरुबीच नेपाली कम्युनिष्ट पार्टी गठन गरिएको हो । सो पार्टीमा माओवादी केन्द्रसहित एकिकृत समाजवादीलगायतका अन्य ११ दल समेत सहभागि भएका छन् ।

एकिकृत समाजवादी नुवाकोटको शनिबार विदुरमा बसेको बैठकले एकीकृत समाजवादी र प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र सहित विभिन्न ११ वटा वामपन्थि पार्टिविच भएको एकता लाई स्वागत गर्दै नेपाली कम्युनिस्ट पार्टिमा समाहित हुने निर्णय गरेको हो ।
माओवादी केन्द्र र समाजवादीबीच केन्द्रीय सर्कुलर अनुसार नै जिल्लामा एकता प्रक्रिया समाहित भएको एक नेताले बताए ।
एकिकृत समाजवादी नुवाकोटको नेतृत्व गोविन्द नेपालीले गर्दै आएका छन् । पार्टीमा पूर्व सांसद राजेन्द्रप्रकाश लोहनीसहितका नेताहरु रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया