पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिए
विदुर खबर
२०८२ मंसिर ७ गते १८:३१
नुवाकोट । पत्रकार दीपेन्द्र खनियाँ घरैमा मृत अवस्थामा भेटिएका छन्।

काठमाडौँको थापागाउँस्थित आफ्नै घरमा उनी आइतबार बिहान मृत फेला परेका हुन्। जिल्ला प्रहरी काठमाडौँ प्रहरी प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले खनियाँ मृत अवस्थामा भेटिएको पुष्टि गरेका छन् ।
उनका अनुसार प्रहरीले घटनास्थलको मुचुल्का गरिससकेको छ। आवश्यक कानुनी प्रक्रिया सकेर शव पोस्टमार्टमका लागि अस्पताल पठाईदैछ।

खनियाँ नयाँबानेश्वरस्थित चर्चित स्टेशन रेडियो अडियोका सञ्चालक पनि हुन् । पत्रकार खनियाँका श्रीमती र एक छोरी रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
आज नवरात्रको छैटौं दिन, यस्तो छ कात्यायनी देवीको पूजाविधि
कांग्रेस सहमहामन्त्री खुला खस आर्यतर्फ आचार्य विजयी
त्रिशूली अस्पतालमा MRI मेसिन उपलब्ध गराउन ऐतिहासिक सम्झौता
रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान





प्रतिक्रिया