नुवाकोटमा एमालेको जनसभा सम्पन्न
नुवाकोट । नेकपा एमाले नुवाकोटले देशव्यापी कार्यक्रम अन्तर्गत नुवाकोटमा पनि प्रदर्शन र सभा गरेको छ ।

जेनजी आन्दोलनबाट सत्ताच्यूत भएको एमालेले संसद पुनस्र्थापना र सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन र सभा गरेको हो ।
नुवाकोटको विभिन्न स्थानबाट सुरु भएको प्रदर्शन पार्टी कार्यालय विदुरमा पुगेर सभामा परिणत भएको थियो । बिहान ११ बजे ¥याली शुरु हुने भनेर एक हप्तादेखि प्रचार भएपनि डेढ घण्टा ढिलो ¥याली शुरु भएको थियो ।

विदुरचोकमा पुगेर भएको सभामा बोल्ने एमालेका नेताहरूले देशको सार्वभौमसत्ता र स्वाभिमानमाथि बाह्य हस्तक्षेप भइरहेको जिकिर गर्दै एमालेले त्यसलाई स्वीकार नगर्ने बताएका थिए ।
सभाका मुख्य वक्ता एमालेका उपमहासचिव विष्णु रिमालले एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामहरूबाट अत्तालिएर प्रतिगामी तत्त्वहरूले सिंगो मुलुक र एमालेविरूद्ध षड्यन्त्र गरेर भदौ २३ र २४ गतेको घटना घटाएको तर्क गरे ।
उनले एमाले संविधान, राष्ट्रियता र समृद्धिका पक्षमा उभिएको भन्दै अहिले संविधान संकटमा परेको बेला सडकमा आउनुपर्ने बाध्यता सिर्जना भएको बताए ।
रिमालले जेनजी आन्दोलनको आवरणमा राष्ट्रिय र निजी सम्पत्ति छानी छानी आगजनी र तोडफोड गरिएको भन्दै अबका दिनमा आफूहरू प्रतिकारमा उत्रिने चेतावनी दिए ।
नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले भदौ २३ र २४ गते भएका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरे ।
एमालेको बलियो सांगठानिक आधार भएको विदुरमा शनिबार भएको प्रदर्शनमा करिब दुई हजार जनाको उपस्थिति भएको सुरक्षा निकायले आंकलन गरेको एक प्रहरी अधिकृतले बताए ।
कार्यक्रममा एमालेका विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया