तुप्चेका रिजालले जन्मदिन बृद्धाश्रम र बालआश्रममा मनाए
नुवाकोट । नुवाकोटको विदुर ७ तुप्चेका आशिष रिजालले आफ्नो जन्मदिन बृद्धाश्रम र बालआश्रममा मनाएका छन् ।

रिजालले आफ्नो २९ औ जन्मदिन विदुर ५ देविघाटमा रहेको जेष्ठ नागरिक अध्ययन तथा संरक्षण प्रतिष्ठान र विदुर २ मा रहेको आमाको माया छात्रवासमा मनाएका हुन् ।
रिजालले जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानमा गएर त्यहाँ आवश्यक पर्नै खाद्यान्न सहयोग गरेका हुन् । सहयोग गरिएको खाद्यान्नहरुमा चामल, चाउचाउ, विस्कुट, दाल, नुन तेल लगायत रहेका छन् ।

त्यस्तै विदुर २ मा रहेको आमाको माया छात्रवासमा रहेका बालकहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । जन्मदिनकै अवसर पारेर उनले रत्तदान समेत गरेका छन् ।
जन्मदिनको नाममा लाखौं रकम खर्च गरेर साथीभाइसँग पार्टी मनाएर मनाउनुभन्दा वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गर्नु ठूलो धर्म हुने भएकाले वृद्धाश्रममा रहेका वृद्धवृद्धासँग खुशीयाली साटासाट गर्दै जन्मदिन मनाएको रिजालले बताए ।

उनले सानै भएपनि बृद्धबृद्धाहरुसँग खुशी साट्न पाएको भन्दै खुशी व्यक्त गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













तुप्चेका रिजालले जन्मदिन बृद्धाश्रम र बालआश्रममा मनाए
अब राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने
दुर्गा प्रसाईं पक्राउ
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै





प्रतिक्रिया