छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु
नुवाकोट । नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-७ स्थित सडकमा प्रदेश २-०३-००१ ख ७१६४ नम्बरको ट्रकले ना.३४ प १२८५ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१५ बस्ने ३६ वर्षीय लोक बहादुर थारूको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, मेचीनगर नगरपालिका-१५ हेल्दुबारीस्थित सडकमा रोकी राखेको प्र.१-०१-००१ त. ९९७७ नम्बरको ट्याक्टरमा प्र.१-०१-०१३ प ३३३६ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३८ वर्षीय बिनोद राउतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, कालिका नगरपालिका-११ स्थित सडकमा बा.१८ च ८९७३ नम्बरको बोलेरो अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक खैरहनी नगरपालिका-४ बस्ने ६३ वर्षीय राममणी न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा, मिथिला बिहारी नगरपालिका-२ हजरा चोकस्थित सडकमा जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बा.प्र.०१-०३१ च २०३६ नम्बरको कारको ठक्करबाट साइकलमा सवार सोही नगरपालिका-१ बस्ने ६० वर्षीया सुमिन्त्रा देवीको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका साइकल चालकको न्यूरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने





प्रतिक्रिया