छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु
नुवाकोट । नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-७ स्थित सडकमा प्रदेश २-०३-००१ ख ७१६४ नम्बरको ट्रकले ना.३४ प १२८५ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१५ बस्ने ३६ वर्षीय लोक बहादुर थारूको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, मेचीनगर नगरपालिका-१५ हेल्दुबारीस्थित सडकमा रोकी राखेको प्र.१-०१-००१ त. ९९७७ नम्बरको ट्याक्टरमा प्र.१-०१-०१३ प ३३३६ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३८ वर्षीय बिनोद राउतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, कालिका नगरपालिका-११ स्थित सडकमा बा.१८ च ८९७३ नम्बरको बोलेरो अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक खैरहनी नगरपालिका-४ बस्ने ६३ वर्षीय राममणी न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा, मिथिला बिहारी नगरपालिका-२ हजरा चोकस्थित सडकमा जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बा.प्र.०१-०३१ च २०३६ नम्बरको कारको ठक्करबाट साइकलमा सवार सोही नगरपालिका-१ बस्ने ६० वर्षीया सुमिन्त्रा देवीको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका साइकल चालकको न्यूरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













केरुङ नाका पाँच महिनादेखि ठप्प हुँदा व्यवसायी मारमा
एनपीएलमा सट्टेबाजी गराउने ८ जना भारतीय पक्राउ
छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु
पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिए
एनएमबि बैंकले १० प्रतिशत लाभांश दिने





प्रतिक्रिया