केरुङ नाका पाँच महिनादेखि ठप्प हुँदा व्यवसायी मारमा
नुवाकोट । करिब पाँच महिनादेखि बन्द रहेको केरुङ नाकाले नेपाल–चीन व्यापारमा ठूलो असर परेको व्यवसायीहरूले बताएका छन्।

गत असार २४ मा लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि नाका पूर्ण रूपमा अवरुद्ध बनेको हो। यसले गर्दा चाडपर्वका लागि चीनबाट ल्याइएका लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्सलगायत सामग्री केरुङमै थन्किँदा व्यवसायीहरू ठूलो क्षतिमा परेका छन्।
राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठका अनुसार करिब २०० कन्टेनर सामान असार–साउनमै नेपाल ल्याउनुपर्ने भए पनि अहिले पनि नाकामै रोकिएको छ। “दसैँका लागि ल्याइएका सामग्री अझै नाकामै अलपत्र छन्, ढुवानी नहुदा लागत झन् बढिरहेको छ,” श्रेष्ठले बताए।

त्यस्तै, वैकल्पिक रूपमा प्रयोग हुँदै आएको मुस्ताङस्थित कोरोला नाकामा पनि अहिले चिसो बढेसँगै आवागमन कडाइ गरिएको छ। दैनिक ४–५ ढुवानी सवारी मात्र पास पाउने भएकाले ठूला मात्रामा सामान भित्राउन कठिन बनेको व्यवसायीहरूको गुनासो छ।
कोरोला नाकाबाट ल्याइएको सामान मुस्ताङ–पोखरा हुँदै काठमाडौँ सार्नुपर्ने बाध्यताले ढुवानी खर्च झनै बढेको उनीहरू बताउँछन्। सिन्धुपाल्चोकको तातोपानी नाका भने फाट्टफुट्ट रूपमा खुल्दै आएको छ। अरनिको राजमार्ग वर्षात्को समय अवरुद्ध हुँदा कम प्रभावशाली बनेको यो नाका तिहारपछि मात्र केही सहज रूपमा सञ्चालनमा आएको भन्सार कार्यालयले जनाएको छ। तर, अपेक्षित मात्रामा सामग्री भित्रिन नसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालको भनाइ छ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले नेपाल–चीनका मुख्य नाका नियमित सञ्चालनमा नआए व्यापार लागत बढ्ने र बजार मूल्यमा असर पर्ने बताएका छन्। “सरकारले कूटनीतिक पहलमार्फत केरुङ नाका चाँडो पुनः सञ्चालन गर्नुपर्ने आवश्यकता छ,” कार्कीको भनाइ छ।
वर्तमान अवस्थामा चीनबाट नेपाल भित्रिने सामानमध्ये ८० प्रतिशत फलफूल रहेको तातोपानी भन्सारको तथ्यांकले देखाएको छ। तातोपानी नाका हुँदै अहिले दैनिक करिब ३०–३५ कन्टेनर सामग्री मात्रै नेपाल भित्रिरहेको भन्सार विभागले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













केरुङ नाका पाँच महिनादेखि ठप्प हुँदा व्यवसायी मारमा
एनपीएलमा सट्टेबाजी गराउने ८ जना भारतीय पक्राउ
छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु
पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिए
एनएमबि बैंकले १० प्रतिशत लाभांश दिने





प्रतिक्रिया