कोरोना भाइरसबारे सचेतना अपनाउन वडाध्यक्ष तिम्सीनाको आग्रह
गेर्खु । कोरोना भाइरसको प्रभाव बढ्दै गएकाले त्यसबाट सजगता अपनाउन विदुर नगरपालिका वडा नम्बर ११ का गेर्खुका वडाध्यक्ष तोयानाथ तिम्सीनाले सम्पुर्ण वडाबासीमा आग्रह गरेका छन् ।
बुधवार विदुरखबरसँग कुराकानी गर्दे वडाध्यक्ष तिम्सीनाले वडा क्षेत्रभित्र भीडभाड हुने खालका कुनैपनि कार्यक्रम गर्न नगराउन सबै वडाबासीलाई आग्रह गरेका हुन् । वडाध्यक्ष तिम्सीनाले नेपाली महिलाहरुको महान चाड हरितालिका तिज नजिकिएसँगै जिल्लामा दिनानुदिन कोरोना संक्रमितहरुको संख्या बढिरहेको भन्दै सचेत अपनाउन आग्रह गरेका छन् ।
वडाध्यक्ष तिम्सीनाले कोरोना भाईरसको संक्रमण नगरपालिकाको विभिन्न स्थानमा फैलिएको र जिल्लामा ७० जना कोरोना भाइरसको संक्रमित भेटिएकोल सचेत अपनाउन सबैलाई आग्रह गरेका हुन् । उनले गेर्खु पनि कोरोनाको उच्च जोखिममा रहेकाले उक्त भाइरसको संभावित संक्रमणबाट जोगिन मेला, महोत्सव, सार्वजनिक कार्यक्रम नगर्न र नगराउन आग्रह गरेका हुन् ।
वडाध्यक्ष तिमिल्सेनाले आफ्नो स्वास्थ्यबारे नियमित ख्याल राख्न, ब्यक्तिगत सरसफाईमा ध्यान दिन, भिडभाड भएको ठाउँमा नजान, मास्कको प्रयोग गर्न, समान्य स्वास्थ्य समस्या देखिएमा चेकजाँच गर्न पनि सबैलाई आग्रह गरेका छन् । ज्वारो आउने, स्वास प्रश्वासमा समस्या हुने, खोकी लाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखिएमा हेलचेक्राई नगर्न उनले सुझाब दिएका छन् । उनले सार्वजनिक स्थलमा भेटघाट, जमघट, सभा सम्मेलन, मेला पर्व जस्ता कुनैपनि कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन समेत सबैमा अनुरोध गरेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म नुवाकोटमा ७० जना कोरोना संक्रमित भेटिएका छन भने ५४ जना निको भएर घर फर्किसकेका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लाभर भदौ २ गतेदेखि नै लागु हुने गरी भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया