शिवपुरी गाउँपालिकाको सुईरेचौरमा रेस्लिङ प्रतियोगिता हुने

विदुर खबर २०७७ चैत ३० गते १५:११

नुवाकोट। नेपाल रेस्लिङ संघको आयोजनामा नुवाकोटको शिवपुरी गाउँपालिकामा रहेको सुईरेचौरमा आर डब्लु समर स्ल्याम रेस्लिङ प्रतियोगिता हुने भएको छ ।

Advertisement

नयाँ वर्ष २०७८ को अवसरमा हुन लागेको यो महाभिडन्तमा १६ जना खेलाडीले ५ वटा समूहमा प्रतिष्पर्धा गर्नेछन् ।हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टान भिड्ने छन्। त्यस्तै लाइट हेभीतर्फ डेभिड र साइन, हलुका तौलमा एक्स हिरो र सिजे भिड्नेछन्। महिलातर्फ तानु, दिलसा र डेनिकाबीच भिडन्त हुनेछ भने हार्ड कोरतर्फ द युब र थागु भिड्नेछन्। प्रतियोगितामा बिकास खड्काले रेफ्रीको भूमिका निभाउने छन्।

प्रतियोगिताको लाईट वेट तौल समुहको विजेताले नगद ८ हजार, ट्रिपल थ्रेटले नगद १० हजार, लाईट हेभी वेटको विजेताले नगद १२ हजार, हार्डकोरका विजेताले नगद १५ हजार र हेभी वेट विजेताले नगद २० हजार प्राप्त गर्नेछन्।

Advertisement

आइतवार शिवपुरी गाउँपालिकास्थित सुईरेचौरमा पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिइएको हो । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, वडा नं. २ का वडा अध्यक्ष रुद्रबहादुर गुरुङ, वडा नं. ४ का वडा अध्यक्ष झमकराज गुरुङ, वडा नंं ६ का वडा अध्यक्ष लाल बहादुर तामाङ र वडा नं. ७ का वडा अध्यक्ष माधवप्रसाद भेटुवालको उपस्थितीमा पत्रकार सम्मेलन गरिएको थियो ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले रेस्लिङ प्रतियोगिताबाट सुईरेचौरलाई थप प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए । नेपाल रेस्लिङ संघकी महासचिव सुर्वण श्रेष्ठ र कोषाध्यक्ष कमल तामाङले राजधानी काठमाडौंदेखि नजिकै रहेको शिवपुरी गाउँपालिकाको पर्यटकीय गन्तव्य सुईरेचौरलाई थप पहिचान दिलाउन प्रतियोगिताले सहयोग पुग्ने बताए ।

Advertisement

कार्यक्रम सम्पन्न गर्न शिवपुरी गाउँपालिका, राष्ट्रिय खेलकुद परिषद, खेलकुद विकास परिषद बागमती प्रदेशको सहयोग रहनेछ ।

प्रतिक्रिया