वाणिज्य बैंकले विभिन्न बहानामा गाउँवासीलाई ऋण नै दिँदैनन् : रमेशबहादुर वस्ती
स्थानीय बैंकले सर्वसाधारणलाई कर्जाप्रवाहमा चरम कन्जुस्याइँ गर्ने गरेका छन् । नक्सामा बाटो नकाटिएको लगायत विषय उठाएर बैंकले भरसक गाउँमा कर्जा नदिने नीति लिएको मेरो अनुभव छ । सेवामूलक संस्थाबाट यस्तो व्यवहार हुनु सरासर बेइमानी हो ।
गाउँघरमा प्रायः कतै पनि नक्सामा बाटो काटिएका छैनन् । चाइना जोड्ने राजमार्गको गल्छी–बट्टार खण्डमा समेत अझै नक्सामा बाटो काटिएको छैन भने गाउँघरमा हुने कुरै भएन । फिल्डमा बाटो भएका धितोमा समेत यस्ता विषय उठाएर बैंकले ऋण नदिइरहेको अवस्था छ ।
बैंकको ऋणमा पहुँच नभएका कारण सर्वसाधारण स्थानीय साहुमहाजनकै भर पर्नुपरेको अवस्था छ । सर्वसाधारणलाई चर्को ब्याजबाट मुक्ति दिलाउन र आर्थिक गतिविधि बढाएर जनताको आयस्तर बढाउन स्थानीय तहमा जाने बैंकको कर्जानीति नै बदल्नुपर्छ । त्यसका लागि हाम्रो स्थानीय सरकार जस्तोसुकै पहल र सहयोग गर्न तयार छ ।
यस विषयमा तपाईंको मिडियाले सही समयमा जनतासित प्रत्यक्ष जोडिएको विषय उठाएको छ । तपाईंहरूको यो अभियानमा मेरो घोषित समर्थन छ । म यो अभियानको अंग बन्न तयार छु । गाउँ सरकार र म व्यक्तिगत रूपमा पनि स्थानीय तहका बैंकको सजह कर्जाका लागि अभियानकै रूपमा छलफल चलाउन प्रतिबद्ध छौँ ।
(तारकेश्वर गाउँपालिकामा एक वाणिज्य बैंक र करिब आधा दर्जन लघुवित्तले वित्तीय सेवा दिइरहेका छन्, यद्यपि लघुवित्तको शाखा भने अन्यत्रै छ । बैंकको ब्याजदर लघुवित्तको तुलनामा निकै कम भएकाले ग्राहकको आकर्षण वाणिज्य बैंकमै छ तर धितोका कारण बैंकसम्म सर्वसाधारणको पहुँच छैन । घलुवित्तमा भने आफूलाई आवश्यक परेको थोरै रकम पनि विनाधितो पाइने हुँदा त्यहीँबाट ऋण लिनुपर्ने बाध्यता ग्राहकको छ । ग्रामीण क्षेत्रमा एकातिर वाणिज्य बैंकमा निक्षेपको कैयौँ गुना कम मात्र कर्जाप्रवाह भइरहेको छ भने अर्कोतर्फ जनसाधारणको पहुँच बैंकसम्म पुग्न सकिरहेको छैन । यसैले केही गरौँ भन्ने सोच भएका सर्वसाधारणलाई विनाधितो बैंकमार्फत सुरक्षित र सहुलियतपूर्ण ऋण प्रदान गर्ने उपायको खोजी गर्नु आवश्यक छ ।)
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने





प्रतिक्रिया