कांग्रेसभित्र महाधिवेशन र नेतृत्व अन्योलमा
नुवाकोट । नेपाली कांग्रेसभित्र विधान संशोधन, महाधिवेशनको समय, आन्तरिक गुटबन्दी र सत्ता गठबन्धनको बदलिँदो समीकरणले गम्भीर राजनीतिक द्वन्द्व र अनिश्चितताको संकेत दिइरहेको छ ।

पार्टीभित्रको तनाब चुलिँदै जाँदा आगामी निर्वाचनमा यसको गम्भीर प्रभाव पर्ने आँकलन विश्लेषकहरूको गर्न थालेका छन् ।पार्टीका नेता मीनेन्द्र रिजालले महाधिवेशनभन्दा अघि पार्टी विधानलाई दुई चरणमा संशोधन गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । पार्टी विधान संशोधनको प्रक्रिया शुरू हुन बाँकी रहँदा उहाँले उठाएको प्रस्तावले विधान संशोधनलाई नै पेचिलो बनाइदिएको छ ।
नेता रिजालले केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रक्रिया दुई चरणमा लैजान उपयुक्त हुने सुझाव दिनुभएको छ । उहाँले पहिलो चरणमा केवल महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन गरी सभापति चयन गर्नसमेत माग गर्नुभएको छ । तर, त्यही सभापतिको कार्यकाल भने तत्काल शुरू नहुने र आगामी आमनिर्वाचनपछि मात्र कार्यकाल शुरू हुने व्यवस्था हुनुपर्ने प्रस्ताव गरिएको छ ।
यो प्रस्तावले कांग्रेसको संगठनात्मक संरचना र नेतृत्व हस्तान्तरण प्रक्रियामा नयाँ मोडल ल्याउने संकेत दिए पनि यसमा सहमति बनाउने सम्भावना तत्काल देखिँदैन । विधान मस्यौदा समिति नै गठन नभइसकेकाले यो प्रस्तावको कार्यान्वयन टुंगोमा पुग्न समय लाग्ने प्रस्ट छ ।
महाधिवेशन समयमै हुन्छ त ?
कांग्रेसको १५औं महाधिवेशन २०८३ सालको मंसिरमा गर्नुपर्ने कार्यतालिका छ । तर, विधान संशोधन प्रक्रिया थाली नसक्नु, मस्यौदा समिति गठन नहुनु, आन्तरिक सहमति नबन्नु र संगठनात्मक विवादका कारण महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुनेमा गम्भीर शंका उत्पन्न भएको छ । यदि, विधान संशोधन ढिलो भयो वा कार्यान्वयनमा विवाद बढ्यो भने महाधिवेशन सर्ने सम्भावना प्रबल देखिन्छ ।
गुटबन्दीको चरम अवस्था
कांग्रेसभित्र ‘शेरबहादुर देउवा समूह’ र ‘शेखर कोइराला समूह’बीचको अन्तरविरोध झनै चर्किएको छ । शेखर समूह हाल सत्ता गठबन्धनको विरोधमा खुलेर उत्रिएको छ । कोइरालाले नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेस थप अलमलमा परेर देशैको राजनीतिको बदख्वाइँ गरिरहेको आरोप लगाउँदै आउनुभएको छ ।
यस समूहले अब सरकारको नेतृत्व आफैंले गर्नुपर्ने वा कम्तीमा गठबन्धनबाट बाहिरिनुपर्ने धारणा बनाइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसको सहभागिता उनीहरूको प्रभाव विस्तारभन्दा बढी सम्झौताका बोझ बन्दै गएको शेखर–समूहको बुझाइ छ ।
देउवा नेतृत्व गठबन्धन टिकाउन चाहन्छ
शेखर समूह गठबन्धन भत्काएर वैकल्पिक मोडल खोज्न चाहन्छ । पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विगत केही समयदेखि संस्थागत सुधार, युवा पुस्ताको नेतृत्व र गठबन्धनको पुनःसमीक्षा गर्नुपर्ने विषयमा सक्रिय आवाज उठाउँदै आएका छन् । गगनले पार्टीभित्र ‘प्रतिस्पर्धी लोकतन्त्र’ बहालीको बहस अघि बढाउनुभएको छ भने विश्वप्रकाशले वैचारिक स्पष्टता र राजनीतिक दृढता नहुनुले कांग्रेस कमजोर भएको टिप्पणी गर्नुभएको छ ।
यी युवा नेताहरू अबको महाधिवेशनमा निर्णायक मोडमा जानसक्ने आँकलन छ । गगन थापा सभापतिको उम्मेदवार हुने सम्भावना बलियो छ, तर उहाँको उम्मेदवारीले पार्टीभित्र अझ गहिरो गुटबन्दी र प्रतिस्पर्धाको अवस्था ल्याउने देखिन्छ ।
आगामी निर्वाचनमा असर
यस्तो गहिरो गुटबन्दी र नेतृत्व अन्योलबीच कांग्रेस चौरासीको आमनिर्वाचनतर्फ जानु परे त्यसले गम्भीर परिणाम निम्त्याउन सक्छ । कांग्रेस सांगठनिक रूपमा कमजोर हुँदै गएको छ भने नीति र दृष्टिकोणमा द्विविधाग्रस्त अवस्थामा रहनु, सत्ता गठबन्धनमा विवादास्पद भूमिका देखिनुले पनि कांग्रेसका लागि आउँदो चुनाव सोचेजस्तो सजिलो भने छैन ।
नेपाली कांग्रेस अहिले स्पष्ट एजेन्डा, सामूहिक नेतृत्व निर्णय र संगठनात्मक स्थायित्वको चरम अभावमा छ ।
कांग्रेसमा महाधिवेशन समयमै हुन्छ कि हुन्न, सभापति परिवर्तन हुन्छ कि देउवा नै दोहोरिन्छन् । सत्ता गठबन्धन टुट्छ कि यथास्थिति रहन्छ भन्ने अन्योलता अझै कायमै छ । अब कांग्रेसको राजनीतिक भाग्य विधान संशोधन, महाधिवेशनको समय, गुटको समझदारी र सरकारप्रतिको रणनीतिमा निर्भर हुनेछ ।
देशको प्रमुख लोकतान्त्रिक शक्ति यति अन्योल र अविश्वासमा छँदा सम्पूर्ण राजनीतिक परिदृश्य नै अस्थिरतातर्फ धकेलिने खतरा देखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











ब्लोदान नुवाकोटको अध्यक्षमा ढुङ्गाना
एमालेमा ओली पक्षसँग भौतिकरुपमै भिड्ने तयारीमा पोखरेल समुह
बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी एमाले भन्दा ठूलो दल बन्यो
नुवाकोटमा लोकप्रियता बढाउँदै डा. प्रकाश महत
रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु





प्रतिक्रिया