अब म सभापति लड्दिनँ, अरु साथी बन्नुहुन्छ: देउवा

विदुर खबर २०८२ असोज २८ गते २१:०७

नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १५औं महाधिवेशनमा आफू सभापतिको दौडमा नरहने बताएका छन्।

Advertisement

जेन-जी आन्दोलनका क्रममा भएको आक्रमणपछि पहिलो पटक पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन्। ‘आगामी १५ औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ, त्यसमा द्विविधा छैन।’ उनले भने।

उनले थपे ‘घरमा सधैँ एकै जना मुली रहँदैन, पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु।’

Advertisement

देउवाले जेन-जी आन्दोलनका क्रममा आफू र आफ्नो परिवारमाथि भएको आक्रमणको भर्त्सना गर्दै त्यसलाई ज्यानै लिने मनसायले गरिएको सांघातिक हमलाको संज्ञा दिए।]

उनले उक्त घटनाक्रम देश, लोकतान्त्रिक पद्धति र पार्टीमाथिको सुनियोजित आक्रमण भएको ठहर गरे।

Advertisement

देउवाले आफ्नो स्वास्थ्य अवस्थाका कारण तत्कालका लागि पार्टी सञ्चालनको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रुपमा तोकेको समेत जानकारी दिए।

प्रतिक्रिया