नेपाल ट्वान्टी–२० विश्वकपको नजिक
नुवाकोट । नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा सोमबार कतारमाथि ५ रनको रोमाञ्चक विजय हात पारेको छ ।

अर्को एक पटक हारको नजिक पुगेर नतिजा उल्टाएको नेपाल यस विजयपछि ट्वान्टी–२० विश्वकपको नजिक पुगेको हो । सन्दीप लामिछानेले ५ विकेट लिएपछि ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा १ सय ४८ रनको लक्ष्य लिएर मैदान उत्रिएको कतार १९.५ ओभरमा १ सय ४२ रनमा अलआउट भयो । सुपर लिगमा नेपालको यो लगातार दोस्रो विजय हो । नेपालले अघिल्लो दिन सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रनले पराजित गरेको थियो ।
नेपाल र ओमानको समान ६ अंक छ । नेपाल र ओमान बुधबार खेल्दै छन् । यसले यी दुई टोलीको विश्वकपमा पुग्ने औपचारिकता निश्चित गर्नेछ । यूएई र जापानको २–२ अंक छ । नेपालले अन्तिम खेल सामोओसँग शुक्रबार खेल्नेछ ।
इमाल लियानागे र जुबेर अलीले पहिलो विकेटमा १० ओभरमा ७९ रन जोडी कतारलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । १० औं ओभरको अन्तिम बलमा लियानागेलाई ५६ रनमा सन्दीप लामिछानेले बोल्ड गरी यो साझेदारी तोडेका थिए । लियानागेले ३५ बल खेली ५ चौका र ३ छक्का प्रहार गरे ।
सन्दीपले आफ्नो अर्को ओभरमा मोहम्मद असिमलाई १० रनमा आउट गरे । दीपेन्द्रसिंह ऐरीले कप्तान मिर्जा बेगलाई २ र आदिल आलम अन्सारीले मोहम्मद तान्भिरलाई शून्य रनमा सिधा थ्रोमा रनआउट गरेका थिए । आफ्नैअगाडि ७ विकेट झरेपछि १९ औं ओभरमा जुबेर आउट भएका थिए । नन्दनको बलमा आउट हुनुपूर्व उनले ५५ बल खेली २ चौका र १ छक्का प्रहार गरी ५२ रन बनाए ।

सन्दीपले अन्तिम दुई ब्याट्सम्यान मुजीब उर रहमान र अमिर फारुखलाई स्टम्प आउट गराए । सन्दीपले ३.५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियको एकै खेलमा ५ विकेट लिएको यो दोस्रो पटक हो । नन्दन यादवले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४७ रन बनाएको थियो ।
कुशल भूर्तेल ६, आसिफ शेख ११ र कुशल मल्ल ८ रनमा आउट भएपछि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा ४४ बलमा ६२ रन जोडी नेपाललाई राम्रो स्कोरमा पुर्याएका थिए । तर, त्यसपछि नेपालले ६ रनको अन्तरमा ४ विकेट गुमाएपछि आफ्नो स्कोरलाई १ सय ४७ रनभन्दा माथि लान सकेन ।
१५ औं ओभरको अन्तिम बलमा दीपेन्द्र आउट भएपछि नेपालको विकेट झर्ने क्रम सुरु भएको थियो । दीपेन्द्रले २२ बल खेली १ चौकासहित २६ रन बनाए । यस विश्वकप छनोटमा पहिलो पटक मौका पाएका आदिल आलम अन्सारी ६ बलमा २ रनमात्र बनाई आउट भए ।
कप्तान रोहित पौडेलले ५८ रनको इनिङ्स खेले । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा रोहितको यो आठौं अर्धशतक हो । रोहितले ४१ बल खेली ७ चौका र १ छक्का प्रहार गरे । सन्दीप जोरा १ रनमै आउट भए । गुलशन झाले ८ बल खेली २ छक्का प्रहार गरी १६ र इनिङ्सको अन्तिम बलमा २ रन लिने प्रयासमा रनआउट भएका सोमपाल कामीले ९ बल खेली १ छक्कासहित १४ रन बनाए । नन्दन यादव २ बल खेली १ रनमा अविजित रहे ।
कतारका कप्तान मिर्जा बेग र डानियल आर्चरले ३–३ विकेट लिए । बेगले ४ ओभरमा २९ र आर्चरले ३ ओभरमा २२ रन खर्चेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया