पत्रकार महासंघ रसुवामा सबै पदाधिकारी निर्विरोध निर्वाचित
विदुर खबर
२०७७ चैत २३ गते १५:४९

नुवाकोेट । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रसुवामा केशव पौडेलको नेतृत्वमा सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत वासुदेव रिजालका अनुसार समितिको उपाध्यक्षमा अनु आचार्य र महिला उपाध्यक्षमा कविता स्याङ्वा निर्वाचित भएकी छिन् ।
यस्तै सचिवमा दावा तामाङ,सह–सचिवमा आशिष तामाङ र हिमनाथ देवकोटा निर्वाचित भएका छन् भने कोषाध्यक्षमा महेश्वर गजुरेल निर्वाचित भएका हुन् । यस्तै समितिको सदस्यहरुमा विष्णु प्रसाद लामिछाने,सरस्वती न्यौपाने, संगीता लामा र सानु कान्छा रहेका छन् ।
यस्तै केन्द्रिय परिषद सदस्यको रुपमा शुसिल कोइराला र हरि प्रसाद गजुरेललाई चयन गरिएको निर्वाचन अधिकृत रिजालले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया