सुर्यगढी गाउँपालिका सेमिफाइनलमा

विदुर खबर २०७७ चैत २३ गते १२:५६

नुवाकोट । सुर्यगढी गाउँपालिका सुनखानीमा जारी अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

सोमबार भएको क्वाटनफाइनल खेलमा पन्चकन्या गाउँपालिकालाई ८—१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सुर्यगढी गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।

सुर्यगढी गाउँपालिकालाइस विजयी गराउन निसान श्रेष्ठ र रञ्जित गुरुङले ह्याट्रिक पुरा गरे । उनले खेलको २६ औ, ५० औ र ७४ औ मिनेटमा गोल गरेका थिए । त्यस्तै रञ्जित गुरुङले खेलको १८ औ, ५९ औ र ७७ औ मिनेटमा गोल गरेका थिए ।

Advertisement

टोलीलाई जिताउन रामराजा श्रेष्ठले थप दुई गोल गरेका थिए । उनले खेलको ५६ औ र ६१ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच त्ीन गोल गरेका रञ्जित गुरुङ घोषित भएका छन् ।

सुर्यगढीले फाईनल प्रवेशका लागि मंगलबार आयोजक टोली शिवपुरी गाउँपालिकासँग प्रतिष्पर्धा गर्नेछ ।

Advertisement

प्रतियोगिताको विजेता टोलीले नगद ६ लाख र ट्रफी पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले ट्रफीका साथमा नगद क्रमश ४ लाख र २ लाख पाउनेछन् ।

प्रतिक्रिया