सुर्यगढी गाउँपालिका क्वाटरफाइनलमा
विदुर खबर
२०७७ चैत २१ गते २०:३४
नुवाकोट । सुर्यगढी गाउँपालिका नुवाकोटको सुनखानीमा जारी शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिवार भएको तेस्रो खेलमा तारकेश्वर गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गदै क्वाटरफाइनल प्रवेश गरेको गरेको हो ।
दोस्रो जीतसँगै ६ अंक जोडेको सुर्यगढी समूह सि को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुर्यगढीका लागि खेलको ६० र ६८ औं मिनेटमा निशान श्रेष्ठले गोल गरे ।
खेलको अन्तिम समयमा तारकेश्वरले पेनाल्टीको मौका पाएको थियो । तर तारकेश्वरका गोविन्द रिमालले प्रहार गरेको पेनाल्टी सुर्यगढीका गोलकिपर विक्रम गुरुङले रोके । उनी नै खेलको म्यान अफ द म्याच भए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया