विदुर नगरपालिका क्वाटरफाइनल प्रवेश
नुवाकोट । विदुर नगरपालिका नुवाकोटमा जारी शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो खेलमा तादी गाउँपालिकालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दे विदुर नगरपालिका समुह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो । खेलमा विदुर नगरपालिकाका आकाश रानामगरले ह्याट्रिक गरे । उनले खेलको १२ औं, ३० औं र ५० औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै विदुर नगरपालिकाका लागि साहिल नगरकोटीले दुई गोल गरे । उनले खेलको २७ र ३१ औं मिनेटमा गोल गरेका थिए । खेलमा विदुर नगरपालिकाको तर्फबाट ह्याट्रिक गरेका आकाश रानामगर म्यान अफ द म्याच घोषित भए ।
यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा ककनी गाउँपालिका र तारकेश्वर गाउँपालिकाले २÷२ गोलको बराबरी खेलेका छन् । ककनी गाउँपालिकाले पहिलो हाफमा २ गोलको अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बरावरीमा रोकिनुपरेको हो ।
ककनीको लागि खेलको ७ औं मिनेटमा विश्वास तामाङ र २९ औं मिनेटमा सुशिल तामाङले गोल गरेका थिए ।
तर दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको तारकेश्वरले २ गोल फर्कायो । तारकेश्वरले २ मिनेटमा २ गोल गरेको थियो । रोशन लामाले ५१ औं मिनेटमा र ५२ औं मिनेटमा शिरिष तामाङले गोल गरे । बराबरीपछि तारकेश्वर र ककनीले एक÷एक अंक बाँडेका छन् । ककनी गाउँपालिकाका अशिम लामा म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्र्तगत शनिवार पनि तीन खेल हुनेछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया