बेलकोटगढी र सुर्यगढीको विजयी शुरुवात
शिवपुरी । शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबारको खेलमा बेलकोटगढी नगरपालिका र सुर्यगढी गाउँपालिका विजयी भएका छन् ।
बिहिवार भएको दोस्रो खेलमा बेलकोटगढी नगरपालिकाले लिखु गाउँपालिकालाई ३–० गोल अन्तरले हराएको छ । बेलकोटढीको जीतमा अशोक नेपालले दुई गोल गरे । उनले खेलको २८ औं र ५२ औं मिनेटमा गोल गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए । टोलीको लागि अर्को गोल बिकेश लामाले निर्धारित समयपछि गरेका थिए । जीतसँगै बेलकोटगढीले समूह बि को खेलमा ३ अंक जोडेको छ ।
त्यसैगरी बिहिबार नै भएको तेस्रो खेलमा सुर्यगढी गाउँपालिकाले ककनी गाउँपालिकालाई ४–३ गोल अन्तरले पराजित गरेको छ । खेलमा सुरुवाती अग्रता भने ककनी गाउँपालिकाले लिएको थियो । खेलको ३० औं मिनेटमा विश्वास तामाङले गोल गर्दै ककनीलाई अग्रता दिलाए । तर त्यसको दुई मिनेटपछि सुर्यगढीका निशान श्रेष्ठले बराबरी गोल गरे ।
३६ औं मिनेटमा सुर्यगढीका कप्तान कुमार तामाङले फ्रि किक मार्पmत् सुन्दर गोल गर्दै आप्mनो टिमलाई अग्रता दिलाए । त्यसपछि निशान श्रेष्ठले ४४ औं मिनेट र रञ्जित तामाङले ४७ औं मिनेटमा गोल गर्दै सुर्यगढीलाई ४ १ को अग्रता दिलाए ।
त्यसपछि खेलमा फर्किन कोशिश गरेको ककनीका लागि सुशिल तामाङले खेलको ६८ औं मिनेट र सुरज श्रेष्ठले थप गरिएको समयमा गोल गरे पनि हार टार्न सकेनन् र खेल सुर्यगढीले ४–३ ले जित्न सफल भयो । खेलमा निशान श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । यो जीतसँगै बेलकोटगढीले समूह बि को खेलमा ३ अंक जोडेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया