रसुवामा भएको निशुल्क शिविरामा ४ सय जनाले सेवा लिए

विदुर खबर २०७७ चैत २ गते १७:२५

रसुवा । रसुवाको नौकुण्डमा सञ्चालनमा भएको निःशुल्क शिविरमा करिब ४ सय जनाले सेवा लिएका छन् ।

Advertisement

नौकुण्ड गाउँपालिकाको पारच्याङमा सञ्चालन भएको शिविरमा ३ सय ९० जनाले सेवा लिएका हुन् । जसमा पुरुष १ सय ६५ र महिला २ सय २५ रहेका छन् । रसुवा अस्पतालका डाक्टर दिपेन लामाका अनुसार दुर्गम ठाउँमा बसेका जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।

‘शिविर सञ्चालन गर्नुको प्रमुख उद्देश्य भनेको स्वास्थ्य सेवाबाट बञ्चित तथा टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवा दिने हो’, उनले भने, ‘यस शिविरले डाक्टरद्वारा रोगको पहिचान गर्ने, विशेषज्ञ उपचार दिने, जाँच र उपचार र स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम भएको छ ।’

Advertisement

शनिबार सञ्चालन भएको शिविरमा साधारण स्वास्थ्य सम्बन्धी परीक्षण हाडजोर्नी, आँखा जाँच, दन्त जाँच र महिलाको पाठेघर सम्बन्धी जाँच गरिएको थियो ।

गाउँपालिकाको विभिन्न ठाउँबाट आएका नागरिकले उक्त सेवा पाएका हुन् । तामाङ चिकित्सक समाज नेपाल, नौकुण्ड गाउँपालिका र बोधीसत्वा विहारको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

Advertisement

प्रतिक्रिया