रसुवामा भएको निशुल्क शिविरामा ४ सय जनाले सेवा लिए
रसुवा । रसुवाको नौकुण्डमा सञ्चालनमा भएको निःशुल्क शिविरमा करिब ४ सय जनाले सेवा लिएका छन् ।
नौकुण्ड गाउँपालिकाको पारच्याङमा सञ्चालन भएको शिविरमा ३ सय ९० जनाले सेवा लिएका हुन् । जसमा पुरुष १ सय ६५ र महिला २ सय २५ रहेका छन् । रसुवा अस्पतालका डाक्टर दिपेन लामाका अनुसार दुर्गम ठाउँमा बसेका जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।
‘शिविर सञ्चालन गर्नुको प्रमुख उद्देश्य भनेको स्वास्थ्य सेवाबाट बञ्चित तथा टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवा दिने हो’, उनले भने, ‘यस शिविरले डाक्टरद्वारा रोगको पहिचान गर्ने, विशेषज्ञ उपचार दिने, जाँच र उपचार र स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम भएको छ ।’
शनिबार सञ्चालन भएको शिविरमा साधारण स्वास्थ्य सम्बन्धी परीक्षण हाडजोर्नी, आँखा जाँच, दन्त जाँच र महिलाको पाठेघर सम्बन्धी जाँच गरिएको थियो ।
गाउँपालिकाको विभिन्न ठाउँबाट आएका नागरिकले उक्त सेवा पाएका हुन् । तामाङ चिकित्सक समाज नेपाल, नौकुण्ड गाउँपालिका र बोधीसत्वा विहारको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया