नुवाकोट युनाइटेडको विजयी शुरुवात

विदुर खबर २०७७ फागुन ६ गते १६:५०

नुवाकोट । नुवाकोटमा आजबाट शुरु भएको बाग्मति प्रदेशस्तरीय फुटवल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नुवाकोट युनाइटेडले विययी शुरुवात गरेको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा आज भएको उद्घाटन खेलमा घरेलु टोली नुवाकोट युनाइटेडले सिन्धुलीको नमुना जनउत्थान क्लबलाई २–१ ले पराजित गर्दे विजयी शुरुवात गरेको हो । नुवाकोटका लागि पहिलो हाफको ३१ औ मिनेटमा जर्सी नम्बर १९ का हार्दिक भण्डारीले गोल गर्दे घरेलु टोलीलाई अग्रता दिलाएका थिए । यस्तै दास्रो हाफको ४७ औ मिनेटमा जर्सी नम्बर १८ का सुमन तामाङले गोल गर्दे टोलीको अग्रता दोब्बर पारेका थिए ।

यस्तै सिन्धुलीको नमुना जनउत्थान क्लबका कमल गुरुङले खेलको अन्तिम समयमा गोल गर्दे खेल २–१ को अन्तरमा पुराएका थिए । त्यसपछि खेलमा कुनैपनि गोल भएन र नुवाकोट युनाइटेड २–१ ले विजयी भयो । त्यसपछि पाएको अवसरको सदुपयोग दुबै टिमले गर्न नसकेपछि घरेलु टोली विजयी भएको हो ।

Advertisement

अखिल नेपाल फुटवल संघ (एन्फा) को आयोजना तथा नुवाकोट फुटवल संघको संयोजनामा भएको प्रतियोगितामा बाग्मति प्रदेशका १० जिल्लाका फुटवल क्लबहरुको सहभागिता रहेको छ । सहभागि १० टोलिलाई तीन समुहमा विभाजन गरिएको छ ।

जसअन्र्तगत समुह ए मा नखिपोट युथ क्लब ललितपुर, सौराहा युवा समाज चितवन र न्यु जेनेरेसन युवा क्लब सिन्धुपाल्चोक रहेका छन् । यस्तै समुह बि घरेलु टोली मा नुवाकोट युनाइटेड फुटवल,धादिड समाज, टाइगर टिम दोलखा र नमुना जनउत्थान क्लब सिन्धुली रहेका छन् । त्यस्तै समुह सि मा न्यु डाँफे युथ क्लब मकवानपुर,आकाश भैरव क्लब काभ्रे,वाइन्ट स्पोटर्स एक्सपोर्टस काठमाण्डौ रहेका छन् ।

Advertisement

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ र उपविजेताले साढे २ लाख रुपैयाँ पाउने नुवाकोट फुटवल संघका अध्यक्ष दिपक चित्रकारले जानकारी दिए ।

प्रतिक्रिया