नुवाकोटको बट्टारमा भोलिदेखि प्रदेशस्तरीय फुटवल प्रतियोगिता हुने
नुवाकोट । नुवाकोटमा भोलिदेखि प्रदेशस्तरीय फुटवल प्रतियोगिता शुरु हुने भएको छ ।
अखिल नेपाल फुटवल संघ (एन्फा) को आयोजना तथा नुवाकोट फुटवल संघको संयोजनामा हुन लागेको फुटवल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितामा बाग्मति प्रदेशका १० जिल्लाका फुटवल क्लबहरुको सहभागिता रहने नुवाकोट फुटवल संघले जनाएको छ । सहभागि १० टोलिलाई तीन समुहमा विभाजन गरिएको छ ।
जसअन्र्तगत समुह ए मा नखिपोट युथ क्लब ललितपुर, सौराहा युवा समाज चितवन र न्यु जेनेरेसन युवा क्लब सिन्धुपाल्चोक रहेका छन् । यस्तै समुह बि घरेलु टोली मा नुवाकोट युनाइटेड फुटवल,धादिड समाज, टाइगर टिम दोलखा र नमुना जनउत्थान क्लब सिन्धुली रहेका छन् । त्यस्तै समुह सि मा न्यु डाँफे युथ क्लब मकवानपुर,आकाश भैरव क्लब काभ्रे,वाइन्ट स्पोटर्स एक्सपोर्टस काठमाण्डौ रहेका छन् ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ र उपविजेताले साढे २ लाख रुपैयाँ पाउने नुवाकोट फुटवल संघका अध्यक्ष दिपक चित्रकारले जानकारी दिए ।
प्रतियोगिता अन्र्तगत भोलि हुने उद्घाटन खेलामा टोली नुवाकोट युनाइटेड फुटवल क्लब र सिन्धुलीको नमुना जनउत्थान क्लबवीच प्रतिस्पर्धा हुने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया