नेकपा नुवाकोटमा कारवाहीको शिलशिला शुरु, खतिवडाद्धय कारवाहीमा

विदुर खबर २०७७ माघ १५ गते २०:१५

नुवाकोट । दुई धुव्रमा विभक्त रहेको नेकपाको कारवाहीको श्रृखला नुवाकोटमा पनि शुरु भएको छ ।

Advertisement

केन्द्रमा स्पष्ट रुपमा प्रचण्ड–नेपाल र ओली समुहमा विभाजित नेकपाको धार जिल्लामा पनि प्रभावकारी रुपमा देखिन थालेसँगै दुबै समुह एकले अर्काेलाई कारवाही गर्दे आक्रामक रुपमा संगठन विस्तारमा लागिरहेका छन् । यसैक्रममा विहिबार नेकपा ओली समहुले आयोजना गरेको जिल्ला विस्तारीत बैठकले प्रचण्ड–माधव नेपाल समुहका अध्यक्ष हिरानाथ खतिवडा र पार्टी सचिव नारायणप्रसाद खतिवडालाई कारवाही गर्दे ओली समुहले नेता बद्री मैनालीलाई अध्यक्षको जिम्मा दिएको हो ।

बैठकले पार्टी अध्यक्षको जिम्मा मैनालीलाई दिएपनि अन्य सचिवालयको जिम्मेवारी भने कसैलाई दिएको छैन । बाँकी रहेका पदाधिकारीको समेत छिट्टै बैठक बसेर टुङ्ग्याउने नेकपा ओली समुका नेता केशव पाण्डेले बताए ।

Advertisement

तर नेकपा प्रचण्ड–माधव समुहले भने कारवाहीको वारेमा केही बोलेको छैन । यस विषयमा पार्टी अध्यक्ष हिरानाथ खतिवडा र सचिव नारायणप्रसाद खतिवडा मौन देखेका छन् ।

प्रतिक्रिया